कर्णालीको भाषा बोल्नैपर्ने वातावरण सिर्जना गरौँ : प्रदेश प्रमुख



कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीको भाषा हरेकले बोल्नैपर्ने वातावरण सिर्जना गर्नेतर्फ जोड दिनुपर्ने बताएका छन् । फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली साहित्य महोत्सव’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वभरि कहलिएका देशहरु सोच्ने र बोल्ने तरिकाबाट विकसित भएको बताए ।

“जसले भाषाको विकास गरे आज ती देशहरु नै अग्रभागमा छन्”, उनले भने, “तसर्थ सोच्ने, पढ्ने र बोल्ने तरिकालाई प्रविधिको सहयोग लिएर विश्वमाझ पु¥याऔँ ।” प्रदेश प्रमुख परियारले भने, “हिजोका पुर्खाहरुले दिएको योगदानका कारण विश्वका अगाडि सिंजा सभ्यता पनि प्रमुख सभ्यता मानिन्छ । अध्ययन तथा अनुसन्धान गर्दै जाँदा यसको इतिहास व्यापक पाउन सकिन्छ ।”


कर्णाली कला, संस्कृति, भाषा, साहित्य र सभ्यताको जननी मात्र नभई विश्व मानचित्रमा चिनाउन पहिचानसहितको अस्तित्व बोकेको राष्ट्रगुरु योगी नरहरिनाथजस्ता विद्धान जन्माउने प्रचुर सम्भावनाको भूमि भएको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here