एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न अध्यक्ष ओलीको निर्देशन



काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

शनिबार पार्टीको  राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक रहेको बताएका हुन्  ।


अध्यक्ष ओलीले भने,’गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेकोे हो ।’

उनले आफ्नो पार्टीलाई ‘प्रतिगमनकारी’ भनी लगाइएको आरोप झुटो साबित भएको बताए । उनले भने, ‘हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झुटो थियो, खण्डित भयो र जनमतबाट अस्वीकृत भयो ।’

उनले घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर जनताको रोजाइको पहिलो पार्टी बनेको बताए।  उनले समाजवाद प्राप्तिका लागि शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक रुपमा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै राष्ट्रिय पुँजी निर्माण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

ओलीले ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा विकास, समृद्धि र सुशासनको अभिभारा पूरा गर्न मुलुकमा एमालेको नेतृत्व  आवश्यकता रहेको जनभावना प्रकट भएको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here