एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते



इलाम । इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र सभामा सहभागी भएर फर्किँदै गरेका यात्रु बोकेको पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको इलामस्थित नेकपा एमालेनिकट युवा संघ नेता दिनेश ढकालले बताएका छन् ।


इलाम बजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र इलाम २ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङ सहभागी विजयसभाका सहभागी बोकेको पिकअप भ्यान इलाम नगरपालिका-५, बिब्ल्याटे बजारनिकजै इक्सा होटलनजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनापछि अहिले सबै घाइतेहरूलाई उपचारका लागि इलाम बजारस्थित अस्पतालमा भर्ना गरिएको छ ।