एकीकृत समाजवादीको महाधिवेशन असारमा सर्‍यो, असार १६ देखि २० सम्म काठमाडौंमा हुने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन फेरि सरेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन एक महिना पछि सारेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन असार १६ देखि २० गतेसम्म गर्ने निर्णय भएको छ । गत भदौ ७ गते बसेको केन्द्रीय कमिटी बैठकले माघ १६ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।


तर, त्यसअघि विधान अधिवेशन गर्नुपर्ने वैधानिक प्रावधानअनुसार महाधिवेशनको मिति सारिएको थियो । त्यस्तै सचिवालय बैठकले जेठ ३–७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । प्रचार विभाग प्रमुख खतिवडाले आन्तरिक तयारी नपुगेकाले मिति सारिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here