उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गरेका छन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव आज बेलुकी अमेरिका प्रस्थान गरेकाे सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।


आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकाे बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here