उद्योग समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाका साथै मन्त्रालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा मन्त्रीसँग जानकारी लिने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here