इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित



इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ । माउन्ट रुआङमा मङ्लबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो ।

इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुरÞ्याएको छ, जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर अग्लो छ । एजेन्सीले क्रेटर वरपरको बहिष्करण क्षेत्रको आकार चारदेखि छ किलोमिटरसम्म विस्तार गरेको छ । सुरुमा रुआङका आठ सयभन्दा बढी बासिन्दाहरूलाई टागुलान्डाङ टापुमा सारिएको थियो ।


अधिकारीहरूले बढ्दो बहिष्करण क्षेत्रका कारण थप मानिसहरूलाई बाहिर निकाल्न र मनाडोमा ल्याउनुपर्ने बताएका छन् । “जोखिम क्षेत्रका कम्तिमा ११ हजार छ सय १५ बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नुपर्छ’’, विपद् एजेन्सीको विपद् डाटा, सञ्चार र सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीलाई कोम्पास अखबारले उद्धृत गरेको अल जजिराले जनाएको छ ।

अधिकारीहरू सन् १८७१ मा भएको विस्फोटमा जस्तै, ज्वालामुखीको एक भाग समुद्रमा खसेको हुन सक्ने र सुनामी निम्त्याउन सक्ने कुरामा चिन्तित छन् । मनाडोको साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा बिहीबार साँझसम्म बन्द रहनेछ । उड्डयन अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानी फैलिएको कारण, जसले उडान सुरक्षालाई खतरामा पार्न सक्ने छ ।

विमानस्थलले दक्षिण कोरिया, चीन र सिङ्गापुर लगायत अन्य राष्ट्रहरूका लागि उडानहरू प्रदान गर्दछ । नजिकैको मलेसियाको कोटा किनाबालु अन्तर्राष्ट्रिय विमानस्थल जाने र जाने उडानहरूमा पनि गम्भीर अवरोध आएको छ । चालु हप्तामा दुईवटा भूकम्पपछि, देशको ज्वालामुखी विज्ञान सेवाका अनुसार माउन्ट रुआङको गतिविधिमा वृद्धि देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here