इजरायली आक्रमणले गाजामा हमासका पूर्वाधार नष्ट



मध्यगाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ । यसै क्रममा केही आतङ्कारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले बुधबार जनाएको छ ।

इजरायली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो । आक्रमणमा इजरायली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे, जुन इजरायलमा रकेट फायर गर्न तयार थिए ।


भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरूलगायत सशस्त्र आतङ्कारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरूसहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरियो । गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा भएको हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए ।

यसै क्रममा दुई सय ४० इजरायली तथा विदेशीहरूलाई बन्धक बनाइएका छन् । एक सय ३४ जना बन्धकमध्ये इजरायलले हालै ३१ जनालाई मृत घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here