आगलागीमा परेर डोल्पामा तीन बालबालिका गम्भीर घाइते



काठमाडौं । डोल्पामा आगलागीमा परेर तीन जना बालबालिका गम्भीर घाइते भएका छन् । आज (बिहीबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर उनीहरु घाइते भएका हुन् ।

घर नजिकै रहेको सो वनमा उनीहरु च्याउ टिप्न गएको बताइएको छ । गम्भीर घाइते भएका उनीहरुलाई सदरमुकाम दुनैमा उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइएको छ ।