सेयर बजारमा दोस्रो सर्किट ब्रेक : ४० मिनेटका लागि कारोबार बन्द



काठमाडौं ।  सेयर बजारमा दोस्रो सर्किट लागेको छ। पहिलो सर्किट लागेर कारोबार खुलेको १ मिनेटमा  नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुन:दोस्रो सर्किट लागेको हो।

यसअघि बजार खुलेको केही समयमै नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएपछि कारोबार रोकिएको थियो।


कारोबार सुरू भएको एक घण्टाभित्र ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको हो। कारोबार सुरू हुने वित्तिकै काबेली पावर  लिमिटेड र त्रिशुली जलविदुयुत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो।