सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि आज आज स्थिर छ । आज चाँदि प्रतितोला १ हजार १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।