सत्ता गठबन्धनको बैठक स्थगित



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।

तर, उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो । अब बैठक कहिले बस्ने भनेर केही बताइएको छैन ।