उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह



काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ । वि.सं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले राजीनीतिक दलहरुलाई दल दर्ता गर्न भनेको हो ।

आगामी बैशाख १५ गते इलाम– २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचनत हुँदैछ । त्यसका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।


आयोगका अनुसार राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिनुपर्ने छ ।