राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन : लिङ्देन

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी नयाँ गठबन्धनमा सामेल नहुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली का‌ंग्रेसको साथ छाड्दै नेकपा एमालेसहितको नयाँ गठबन्धन बनाएपछि राप्रपाले के गर्छ भन्ने सर्वत्र चासो रहेको छ । 

यसअघि पुस १० मा बनेको एमालेसहितको गठबन्धनमा भने राप्रपा सामेल भएको थियो । लिङ्देनले भने, ‘राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन। वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।’