माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु



अर्घाखाँची । सीतापुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ । माटोमा पुरिएर एकजना गम्भीर घाइते भएका छन् । 

शीतगङ्गा नगरपालिका–२ सीतापुरको  सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर स्थानीय अन्दाजी ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले बताए । 


गम्भीर घाइते भएकी राधा अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।