बझाङमा एमाले-कांग्रेसबीच कडा प्रतिस्पर्धा, यस्तो छ मतान्तर



बझाङ । बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाका क्रममा कहिले कांग्रेस उम्मेदवार अभिषेक सिंह र कहिले एमाले उम्मेदवार दमन भण्डारीले अग्रता लिँदा नतिजा रोचक मोडमा गएको छ । 

पछिल्लो मतगणनाअनुसार एमाले उम्मेदवार भण्डारी नौ मतले लिड गरेका छन् । भण्डारीले ९ हजार ८८९ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिंहले ९ हजार ८८० मतसहित पछ्याउन पुगेका छन् । 


त्यस्तै माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत पाएका छन् ।

अहिले सम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा र सुर्माको सबै वडाको मतगणना सकिएको छ भने मस्टा गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।