धनगढीका मेयर हमालकी छोरी भारतमा सम्पर्कविहीन



काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) की छोरी आरती भारतबाट सम्पर्कवीहिन भएकी छन् ।

ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


छोरी बेपत्ता भएको बारे उनको साथीबाट खबर आएको नगर प्रमुख हमालले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् ‘ मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु । साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिकअनुरोध गर्दछु’।