त्रिकोणात्मक टी–२० सिरिज : टस जितेर हङकङविरूद्ध नेपालले पहिले बलिङ गर्ने



काठमाडौं । त्रिकोणात्मक श्रृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली हङकङविरुद्ध टस जितेको छ । हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

त्रिकोणात्मक टी-२० श्रृङ्खलामा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन् । हङकङविरुद्ध खेलेको टिममा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागिता जनाउदै छ ।


नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागिता जनाउदै छन्। हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ।