चीन र फ्रान्स आर्थिक सहयोग बलियो बनाउन प्रतिबद्ध



चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले फ्रान्सका अर्थ, वित्त तथा औद्योगिक तथा डिजिटल सार्वभौमसत्ता मन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन् । वार्तामा दुवै पक्षले चीन–फ्रान्स उच्चस्तरीय आर्थिक तथा वित्तीय वार्ताका विषयमा गहन विचार आदानप्रदान गरेको बताइएको छ ।

वार्तामा दुवै नेताहरूले दुई देशका राष्ट्राध्यक्षहरूले गरेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखेका छन् ।


चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा चीनले आर्थिक र वित्तीय वार्तालाई सुदृढ गर्न, अटोमोटिभ, उड्डयन र दूरसञ्चार क्षेत्रमा सहयोगलाई प्रगाढ र विस्तार गर्न तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अघि बढाउन इच्छुक रहेको बताएको छ।

त्यसैगरी फ्रान्सेली मन्त्री माइरेसले फ्रान्स–चीन आर्थिक र व्यापारिक सहयोगमा नयाँ गति बढाउन फ्रान्स चीनसँग सञ्चारलाई बलियो बनाउन इच्छुक रहेको बताए ।