गृहमन्त्रीसँग पाकिस्तानी राजदूतको भेट



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीले भेटवार्ता गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारीपत्रमाथि छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लबस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म असल सम्बन्ध स्थापित गराउन जोड दिनुपर्ने बताए ।


पाकिस्तानी राजदूतले नेपाल र पाकिस्तानबीचमा उच्च तहको भेटघाट गराइ परस्पर जनसांख्यिक र सांस्कृतिक लाभ हासिल गर्ने विषय पनि राजदूतले राखेको पाकिस्तानी दूतावासले जनाएको छ ।