केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज



दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ ।

लाइभ कानुनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित सिंह यादवले दायर गरेका थिए । जसले आफूलाई किसान र सामाजिक कार्यकर्ताको रूपमा चिनाएका छन् ।


अदालतले यस विषयमा न्यायिक हस्तक्षेपको कुनै आवश्यकता नरहेको बताउँदै रिट खारेज गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

केजरिवाल गत बिहीबार राति मदिरा नीतिमा भएको अनियमितताको आरोपमा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । उनलाई अदालतले अप्रिल २ सम्म हिरासतमा राख्ने अनुमति दिएको छ ।

इडीको हिरासतमा रहेका मुख्यमन्त्री केजरिवालले जेलबाटै सरकार चलाएको आरोप लागेको छ । उनले जेलबाटै दिएका आदेश मन्त्रीहरूले कार्यान्वयन गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।