काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेन सोङ्ले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत सोङ्ले जानकारी दिएका छन् ।