सुनकोशीमा बेपत्ता तीनै जना बालबालिकाको शव भेटियो



गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन् । उनीहरु आइतबारदेखि हराइरहेका थिए ।

जसमा बुधबार त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव मृत अवस्थामा भेटिएको थियो भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शव मृत फेला परेको थियो ।


रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका–२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका–२ टप्पुभन्ने स्थानमा फेला परेको थियो ।

त्यस्तै ९ वर्षका लोचन्द्र मगरको शव बुधबार अपराहन्न भेटिएको हो । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए ।