उदयपुरको कटारीमा एक पुरुषको शव फेला



उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ स्थित छाउरीखोला नजिक एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । टाउको एकातिर र शरीर अर्कोतर्फ रहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

खोला छेउको घारीमा पहिचान नखुलेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डीएसपी) सुवास राईले बताए ।


स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पछि थप प्रकृया सुरु गरिएको उनले बताए ।