गिरी, तामाङ र अर्यालले आजै शपथ लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार नै सानो आकारको मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् ।

उनले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक एक जनालाई मन्त्री बनाउने भएका हुन् । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दैछन् ।


त्यसका लागि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष जानकारी गराइसकेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले तीन मन्त्रीको शपथ आज पाँच बजे हुने जानकारी गराएका छन् । उनीहरूले बिना विभागीय मन्त्रीकाे शपथ लिनेछन्।