काठमाडौं । सरकारले हिउँदे अधिवेशनमा २२ वटा विधेयक सदनमा लैजाने तयारी गरेको छ । संसदको हिउँदे अधिवेशन आज दिउँसो ४ बजे बस्दैछ ।
आजबाट सुरु हुने संसद बैठकमा अत्यावश्यक २२ वटा विधेयक पेश गर्ने तयारी भएको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले शिक्षा विधेयक, संघीय प्रहरी ऐन, संघीय निजामति विधेयकलाई सदनमा टेबुल गर्ने बताएको सांसद लेखनाथ दाहालले जानकारी दिए ।