फिल्म ‘जिग्री’ को ट्रेलर सार्वजनिक



काठमाडौँ । कमेडी-क्राइम विधामा बनेको फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक भएको छ छ ।

ट्रेलर अनुसार पैसाले उत्पन्न गराएको परिस्थिति रहेको कथामा फिल्म बनेको बुझ्न सकिन्छ । पैसाको चक्करमा दुई युवा कसरी समस्यामा पर्छन् र त्यसबाट उम्कन उनीहरुले गर्ने संघर्ष फिल्मले देखाएको ट्रेलरबाट बुझ्न सकिन्छ । 


आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक मगरसँगै अभय राज बराल, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली आदिको अभिनय छ । 

सुस्केरा आर्ट्स र लोकल सिनेमाले निर्माणमा सहकार्य गरेको फिल्मको कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् । फिल्ममा सरुन मानन्धरको सम्पादन, किशोर आचार्यको ध्वनि परिकल्पना तथा मिश्रण, आकी थेक्पाको प्रोडक्सन डिजाइन, सुवास पौडेल र भास्कर स्वाँरको संगीत तथा लुज राजभण्डारीको भीएफएक्स छ ।