सेतीमा माछा मार्ने क्रममा बेपता एक जनाको शव निकालियो, एकको खोजीकार्य जारी



पोखरा । कास्कीकाे पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने एकको खोजीकार्य जारी छ ।

माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका–१ कसेरी बस्ने ४० बर्षका मृत मंगा तामाङ डुंगामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र बिपद् उद्धार टिमसहितको फौजले गएराती पौने १ बजे शव निकालेको हो ।


सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस तामाङ्गको गोताखोर र बिपद् उद्धार टिमले खोजी कार्य जारी राखेको जनाएको छ । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।