सुनचाँदीको मूल्य बढ्यो



काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ ।  यस अघि शुक्रवार तोलामा ६ सयले बढेको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो । 


आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रवार चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भएको थियो ।