मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग



काठमाडौं । नेकपा एमालेले बालकुमारी घटनामा जोडिएका  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका एमालेका सचेतक महेश बर्तौलाले बालकुमारीमा २ जना युवाको ज्यान गएको घटनामा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको अवस्थामा दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।


बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरे ।

उनले घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताए । गत पुस १३ गते ललितपुरको बालकुमारीमा कोरिया जान पाउनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको ज्यान गएको थियो ।