संसद्मा लिङ्देनको प्रस्ताव: यो व्यवस्थाले देश उँभो लाग्न सक्दैन नयाँ सम्झौता गरौं



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रले देश उभोँ लाग्न नसक्ने भन्दै नयाँ व्यवस्थाका लागि सबैदलबीच सम्झौता हुनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा उर्जामन्त्री समेत रहेका अध्यक्ष लिङ्देनले देश सदैव यहि अवस्थामा टक्क अडिएर बस्न नसकने र सरकारले गरेका गलत कामहरु प्रतिपक्षी दलले टुलुटुलु हेरेर बस्न पनि नसक्ने बताए ।


अहिलेको व्यवस्था गणतन्त्र नभइ लुटतन्त्र भएको उनले बताए। ‘देश यही व्यवस्थामा अडिइरहन सक्दैन। यस्तै अवस्थामा रोकिन सक्दैन’, उनले भने, ‘विकास निर्माणका काम ठप्प छन्। त्यही भएर देशलाई नयाँ सम्झौता गरेर अगाडि लैजानुपर्छ।’

उनले अब देशमा नयाँ सम्झौताको आवश्यकता भइसकेको बताएका छन्। ‘हामीले पछाडि फर्किनुपर्छ भनेको होइन’, उनले भने, ‘तर अब देशलाई नयाँ सम्झौता जरुरी भइसकेको छ। जसले देशलाई नवीन रुपमा अघि बढाउने छ।’