युक्रेनको अवडिभकामा रहेको कोक प्लान्ट रुसको नियन्त्रणमा



रुसी सेनाले अवडिभका कोक र रासायनिक प्लान्ट पूर्ण नियन्त्रणमा लिएको बताएको छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी रूसी सेनाले अवडिकाका कोक र रासायनिक प्लान्ट पूर्ण रूपमा नुयन्त्रणमा लिएको जनाएको छ ।

रुसी सेनाले युक्रेनी सेनाको ७१ औं जेगर र २३ औं मेकानाइज्ड ब्रिगेडका साथै डोनेट्स्कमा रहेको ११६ औँ क्षेत्रीय रक्षा ब्रिगेडको जनशक्ति र हार्डवेयरलाई पनि आक्रमण गरेको बताएको छ ।


यसैबीच रुसले युक्रेनी केही सङ्ख्यामा सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा घाइते भएको बताएको छ । दुईवटा बख्तरबन्द लडाकु सवारी साधन, २३ वटा मोटर, दुईवटा अमेरिकी निर्मित होविट्जर र एउटा डी–३०– होइटाइजर ध्वस्त पारेको दाबी गरेको छ।