भुर्तेलको अर्धशतकमा नेपालले दियो क्यानडालाई २२५ रनको मध्यम लक्ष्य



काठमाडौँ । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै २२४ रन  बनाएको हो ।


नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए । 

त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।