बारामा ग्यास सिलिन्डर विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुग्यो



बारा । सोमबार बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको थियो ।

कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विस्फोट भएको थियो। तामाजस्तो देखिने वस्तु खोलेर काट्न लाग्दा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।


उक्त घटनामा निजगढ नगरपालिका(५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा सोमबार नै मृत्यु भएको थियो भने हिजै अर्का एक भारतीय नागरिकको पनि मृत्यु भएकोमा आज वीरगन्जको बयोधा अस्पतालमा उपचाररत अर्का युवकको पनि मृत्यु भएको हो ।

विस्फोटमा परेर निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगन्ज महानगरपालिका ९ घर भएका ३४ वर्षीय फिरोज देवान, वीरगन्ज ९ का २० वर्षीय रितु रजत र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका थिए।