बजेट अर्थमन्त्रीको पेवा होइन, जथाभाबी नगरौँ : सांसद सुवाल

k|ltlglw;ef a}7sdf ;f+;b ;'jfn sf7df8f}F, & ebf}M k|ltlglw;efsf] dªunaf/sf] a}7sdf j]kQf kfl/Psf] JolQmsf] 5fgljg, ;To lg?k0f tyf d]nldnfk cfof]u t];|f] ;+zf]wg ljw]os @)&( dfly dGtJo JoQm ub}{ ;f+;b k|]d ;'jfn . tl:a/ M k|bLk/fh jGt÷/f;;


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् । सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् विरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए । संसद् सदस्यको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने सांसद सुवालको भनाई थियो । उनले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।


सांसद सुवालले सरकारले बजेटमा राख्ने कुनै पनि शीर्षक सांसदको सुझावको आधारमा मात्रै हुनुपर्ने जिकिर पनि गरे ।