गठबन्धनलाई खरानीको डल्लाको संज्ञा दिँदै ओलीले भने: सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई खरानीको डल्लाको संज्ञा दिएका छन् ।

बुधबार सुनसरीको इटहरीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले खरानीको डल्लो पानीले पनि फुट्ने र घामले पनि फुट्ने बताउँदै त्यसको कुनै काम नभएको जिकिर गरे ।


उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’