आगामी निर्वाचन एक्लै लड्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।

आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समिति र विधान सम्मेलनमा पनि अब निर्वाचनमा एक्लै लड्ने स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्ने भनिसकेका छौं । अब एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ । गठबन्धन गर्ने-नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार हुने हो ।