कांग्रेस महासमिति बैठक : प्रचार प्रसार उपसमितिमा ७ सदस्य चयन



काठमाडौँ । आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई लक्षित गरेर कांग्रेसले प्रचार प्रसार उपसमिति बनाएको छ । 

बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा उपसमिति बनाइएको हो । 


उपसमितिको सदस्यमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल  र जगत प्रजापति रहेका छन् ।