काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ । विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारी उनलाई घरबाट पक्राउ गरेको हो ।
अग्रवाललाई सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । उनी अवैध धन्दामा लागेको आशंकामा लामो समयदेखि निगरानीमा राखिएको विभागले जनाएको छ ।