रहेनन् सपना भुलाइ सारा…का गायक योगेश वैद्य



काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिउँसो स्वास्थ्यमा समस्या देखिएका उनलाई राति स्वास्थ्यमा थप समस्य देखिएपछि भ्याली अस्पताल लैजाने क्रममै उनको निधन भएको हो । गायक वैद्य ७७ वर्षका थिए । उनका दुई छोरी र एक छोरा छन् ।