सेयर बजार सामान्य अंकले घट्यो



काठमाडौं। सेयर बजार पौने ९ अंकले घटेको छ ।

आइतबार ८.७५ अंकले घटेको सेयर बजार २०६०.१५ विन्दुमा पुगेर बन्द भएको छ । 


यसदिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ७७ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने १० वटाको स्थिर छ ।