लोकतन्त्रले कम्युनिस्ट र काङ्ग्रेसलाई एक ठाउँमा ल्यायो : चित्रबहादुर केसी 



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रले कम्युनिस्ट र काङ्ग्रेसलाई एक ठाउमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

नेपाली कांग्रेसले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपी गणेशमान र लोकतन्त्रले एकतावद्ध भएर आगाडि बढ्न प्रेरित गरेको बताएका  हुन् । 


उनले भने, ‘बीपी गणेशमान र लोकतन्त्रले हामीलाई एक ठाउमा ल्यायो । नत्र हामी कम्युनिस्ट र काङ्ग्रेसबीच बेमेल थियो। हाम्रो कारणले जनतामा वितृष्णा ल्याएको छ । लोकतन्त्र र गणतन्त्र ल्याउनेहरु प्रति जनताले गलत तरिकाले हेरेका छ्न् ।’

उनले लोकतन्त्र र गणतन्त्रप्रति गहन सबै नेताले गहन छलफल गर्नुपर्ने बताए ।  त्यसैगरी उनले बीपीले जीवनभरि लडेर एकीकरणमा ल्याउन लागेको अभियानलाई अहिलेका पुस्ताले अपनत्व गराउनुपर्ने बताए ।