लुम्बिनीमाथि बागमती ६ विकेटले विजयी



काठमाडौँ । जारी पीएम कप अन्तर्गत बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । शनिबार टियु मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

लुम्बिनी प्रदेशले दिएको १०७ रनको लक्ष्य पछाएको बागमती प्रदेशले १७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।


यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुदै १०६ रन मात्र बनाएको थियो । लुम्बिनीको ब्याटिंग लाइनलाई ध्वस्त बनाउने क्रममा बागमतीका बलर सुर्य तामाङले ६ विकेट लिएका थिए ।

यो जितसँगै बागमती प्रदेशले आफ्ना लिग चरणका सबै ९ खेल खेलेको छ र ६ खेलमा जित हासिल गर्दै १२ अंक हासिल गरेको छ । अहिले बागमती दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशले ६ खेलमा केवल एक खेल जितेर २ अंकसहित नवौं स्थानमा रहेको छ ।

अब लुम्बिनीले आफ्नो अर्को खेल आइतबार मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने तालिका रहेको छ ।