रास्वपा सभापति लामिछाने भारततिर, कार्यवाहकको जिम्मेवारी स्वर्णिमलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले पाएका छन् । रास्वपा सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएकाले स्वर्णिमलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।  सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन् । 


माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।