राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमको ३ सिटको लागि कांग्रेसले पठायो ८२ जनाको नाम



धनगढी  । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ । जिल्ला तहबाट सिफारिस भइ आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।


उनीहरुको रिक्त हुने स्थानमा पदपूर्तिको लागि नेपाली कांग्रेसले सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिस गरेको हो ।

रिक्त हुने स्थानमा पदपूर्तिको लागि माघ ११ मा निर्वाचन हुँदैछ । तर सत्तारुढ गठबन्धन दलहरूबीच अझै सिट संख्या बाँडफाँडबारे ठोस निर्णय भइसकेको छैन । आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडि बढाएका हुन् ।

पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । 

को–को परे सिफारिसमा ?

Congress list (1)
Congress list (3)
Congress list (2)