राष्ट्रियसभा उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो १२ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार आजको बैठकमा राष्ट्रियसभा उम्मेदवार चयन, मध्यपहाडी संकल्प यात्राको समीक्षा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् ।


सत्ता गठबन्धन दलले मात्रै तालमेल गरे आफूले एक सिट पनि नपाउने अवस्था बनेपछि एमालेले सत्तारूढ गठबन्धनसँगै तालमेल गर्ने सम्भावना देखिएको छ । त्यसका लागि एमालेले बुधबार साँझ गठबन्धनका नेताहरुसँग छलफल समेत गरेको थियो ।