बालकुमारी घटना : वीरेन्द्रको सम्झानामा गाउँपालिकाले दियो शोक विदा, परिवारलाई डेढ लाख रुपैयाँ राहत



अछाम । अछामको चौरपाटी गाउँपालिकाले बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने भएको छ।

शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन्। गाउँपालिकाले आज शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ। बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।


गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदका अनुसार आज गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने दिईएको छ। शाहले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा गत शुक्रवार ज्यान गुमाएका थिए ।