बसले ठक्कर दिँदा बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलको निधन



काठमाडौं । बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलराम पौडेलको निधन भएको छ ।

नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको हो ।


गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो ।

बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं। १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए ।

उनी कांग्रेसको महासमिति सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।