काठमाडौं । सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको बैवाहिक बलात्कार मुद्दाको फाइल झिकाउने आदेश जारी गरेको छ । आज (बुधबार) सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुनिल पोखरेलको इजलासले उक्त मुद्दाको फाइल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको हो ।
निलम्बित न्यायाधीश गिरीलाई उनकै पत्नी आरतीले बैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिईन् । आरतीले काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा दायर गरेकीमा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । जिल्ला अदालतको आदेश विरुद्ध आरती उच्च अदालत पाटन गएकी थिईन् । उच्च अदालत पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेकी थिईन् ।
निलम्बित न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने निवेदक आरतीको माग छ । उक्त मुद्दामा सुनुवाइका लागि माघ २४ गते अर्को पेशी तोकिएको छ ।