दोहोरो अंकले घट्यो सेयर बजार



काठमाडौं। सेयर बजार ३० अंकले घटेको छ । मंगलबार ३०.०५ अंकले घटेको सेयर बजार २०३०.१० विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । 


यसदिन ३७ वटा कम्पनीको सेयरमूल्य बढ्दा २०५ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ ।